उद्यम गर्न परिवारको साथ चाहिन्छ

बकिया भवानीपुर–५ बारा की २० बर्षीया रञ्जना चौधरी २० जना सहभागी मध्ये एक जना हुन् । उनी चारजना सदस्य भएको साधारण परिवारकी छोरी हुन् । उनी खेतीपाती र कृषि मजदुरीमा आश्रित जनजाती बाहुल्यता भएको तराइबासी हुन् । बुवाआमा खेतमा काम गर्छन र भाइ ड्राइभरको रूपमा काम गर्छन् । केहीबर्ष अघि, उनको बुवा नराम्रोसँग बिरामी हुनुभयो र औषधि उपचारमा धेरै रकम खर्च भयो । त्यसैले गर्दा उनको घरमा आर्थिक सङ्कट नै उत्पन्न भयो । त्यसकारण उनले आफ्नो अध्ययन एसएससी पछि स्थगित गरिन् ।

त्यसपछि उनी काम सिक्नका लागि एउटा पार्लरमा स्वयंसेवीको रूपमा काम गर्न थालिन् । यस काममा ग्राहकहरूले दिएको प्रतिक्रियाका आधारमा सीपलाई अझ निखार्नु पर्ने आवश्यकता उनले देखिन् । सौन्दर्य क्षेत्रमा आफ्नो पेशा स्तरोन्नति गर्ने निर्णय गरिन् तर यस पेसामा उनीसँग केही ज्ञान थिएन । त्यही समयमा बारा जिल्लामा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ग्रामीण उद्यम तथा विपे्रषण आयोजनाले छोटो अवधिका विभिन्न रोजगारमूलक सीपका तालिमहरू दिने गरेको कुरा थाहा पाइन् । यी तालिमहरूको बिचमा उनले सहायक व्युटिशियन तालिम छानिन् किनकि यसमा उनको बिशेष रुचि थियो । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र जितपुर सिमराले तालिम तथा रोजगार सेवा प्रदायक संस्थाको रूपमा छोटो अवधिको तालिम शुरु ग¥यो । आवश्यक प्रक्रियाहरू पुरा गरेपछि उनी तालिमका लागि सहभागीको रूपमा छनोट भइन्, जुन वास्तवमै उनले चाहेकी थिइन् । तालिमको अवधिमा ६५ दिनसम्म उनी दैनिक बकुलियादेखि सिमरासम्म करीब ८ कि.मि.साइकल चढेर बजार आउनुपथ्र्याे । त्यहाँ आउन वैकल्पिक बाटो थिएन । उनको कडा मेहनत र आत्म प्रेरणाले सीप सिकाइ पुरा भयो । उनी सीप परीक्षामा सहभागी भइन् र उत्तीर्ण पनि भइन् ।

तालिम पुरा भएपछि जितपुर सिमरा बजारमा उनले आफ्नै पार्लर शुरु गर्ने निर्णय गरिसकेकी थिइन् । शुरुको अवस्थामा अपरिपक्व उमेरको कारणले उनको योजनामा कसैले विश्वास गरेनन् । उनी ऋृणको लागि आवेदन दिन धेरै वित्तीय संस्थाहरूमा गएकी थिइन् तर पटकपटक उनलाई अस्वीकृत गरिदियो । त्यसैले अन्तमा गाउँका जमीनदार÷साहुसँग ऋृण लिइन् । पार्लरको लागि पायक पर्ने ठाउँमा अग्रिम कोठा बुकिङ्ग गर्न ठूलै रकम पेश्की तिर्नु थियो । अन्तमा उक्त रकमको व्यवस्था गरिन् र पसलको लागि कोठा रिजर्भ गरिन् । फेरि उनको आमाले थप रकमको व्यवस्था गर्न सहयोग गरिन् । स्थानीय साहूहरूसँग क्रण लिएर आफ्नो पसलमा करिव पाँचलाख भन्दा बढी लगानी गरिन् र ब्युटिपार्लर सेवा शुरु गरिन् । ग्राहकलाई पायक पर्ने ठाउँबाट सेवा सुरु गरेकाले ग्राहक बढ्दै गए । काम गर्ने मान्छे राख्नु पर्ने अवस्था आयो र एक जना आफ्नो साथी (नम्रता चौधरी) लाई रोजगारी पनि दिइन् ।

“ग्राहकहरूलाई विभिन्न किसिमको सेवा प्रदान गर्छु साथै उनीहरू हाम्रो कामबाट खुशी छन्”, उनी बताउँछिन् । आम्दानीको बारेमा कुरा गर्दा मध्यम खालको र सन्तोषजनक बताउँछन् । “नवआगन्तुक हुनुको कारण बजारमा मान्यता स्थापित गर्न समय लाग्छ र म आशावादी छु र भविश्यमा राम्रो गर्न सक्छु” उनी दृढताकासाथ भन्छिन् ।

उनी भन्छिन्, “आफ्नो आमाको प्रयास र उत्प्रेरणाले सबै कुरा सम्भव हुनसक्यो । उनी सँधै मसँग उभिरहिन् र मलाई सम्हालिरहिन् । मलाई सही बाटो देखाइन् । मेरो बुवा, भाइ मेरो ज्ञान र योजनाको सँधै प्रसंशा गर्नुहुन्छ र अगाडि बढ्न प्रेरणा दिनुहुन्छ । म कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र लगायत अन्य सहयोगी हातहरूलाई सहयोगको लागि धन्यवाद दिन चाहन्छु” ।

“म सबै नवयुवाहरूलाई सही पेशा छान्न र कडा मेहनत गर्न सन्देश दिन चाहन्छु । उद्यम गर्न परिवारको साथ चाहिन्छ । तपाईले चाहेको प्राप्त गर्न गाह्रो छैन ।”

प्रस्तोताः रोशन दर्नाल