जुन आगोले पोलेको हो त्यही आगोले सेक्नुपर्छ

यो भनाइ दक्षिणी तराइका एउटी महिलासँग मेल खान्छ “यदि राम्रोसँग पाठ सिकेर सकारात्मक वा नकरात्मक परिणामको बारेमा सोचेर यसलाई लागू गर्ने साहस गर्नुहुन्छ भने तपाईको उद्देश्य अवश्य सफल हुन्छ” सौन्दर्यकर्मी उद्यमी माधुरी कुमारीको यो भनाइले हाम्रो ध्यान तान्यो । रौतहट जिल्लाको दक्षिणी सिमानातिरका एकजना महिला कमाइ गर्न र आफ्ना बच्चाहरूलाई पढाउन बारा जिल्लाको निजगढ बजारमा बसाइँ सरिन् । वहाँंहरूको संस्कारमा महिलाहरू घर बाहिरको काम गर्न बर्जित हुन्छन् । वहाँको श्रीमान् कामको सिलसिलामा धेरैजसो समय घरबाहिर हुनुहुन्छ । ती बाहेक, उनी स्वयं केही गर्न अगाडि बढ्छिन् । नेपाली भाषामा कुरा गर्न वहांँलाई अप्ठ्यारो हुन्छ । त्यतिबेला उनी अदक्ष थिइन् त्यसैले समय बिताउन कठिन थियो । एक दिन उनले फुर्सदको समय उपयोग गर्नको लागि केही गर्ने निर्णय लिन्छिन् । उनले व्यवसाय गर्ने योजना बनाइन् र आफ्नो श्रीमानलाई सुनाइन् । पहिले उनको प्रस्तावलाई श्रीमानले अस्वीकार गरे तर पछि सहमत भए ।
विना ज्ञान तथा अनुभव उनले सहिद चोक, निजगढमा पाँचलाखको लगानीमा एउटा कस्मेटिक पसल शुरु गरिन् । उनीसँग कस्मेटिक तथा सौन्दर्य सामग्री सम्बन्धी कुनै ज्ञान थिएन । पसलबाट घाटा भयो । यदि उनीसँग सौन्दर्य व्यसायमा ज्ञानसीप भएको भए उनलाई फाइदा हुन्थ्यो । त्यस समयमा समृद्धि आयोजना अन्तरगत विभिन्न सीपमुलक तालिमहरू सञ्चालन भइरहेको कुरा थाहा पाइन् । तालिम तथा रोजगार सेवा प्रदायक संस्थाको रूपमा स्थानीय स्तरमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले साझेदारी गरिरहेको थियो । उनी छोटो अवधिको सहायक व्युटिसियन तालिमको बारेमा सुनिन् र उनी यस्तो किसिमको तालिम लिने निक्र्यौल गरिन् ता कि यसले एउटा सौन्दर्यकर्मी बन्न मद्दत पुग्नुको साथै कस्मेटिक पसलको लागि फाइदाजनक होस् । उनी कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रद्वारा सञ्चालित ३ महिने सहायक व्युटिसियन तालिम लिइन् । यस तालिमले उनलाई धेरै प्रेरणा दियो । उनले नातेदारहरूसँग रकम सापटी लिएर व्यवसायलाई पुनस्र्थापना गरिन् भने सेवा बिक्रिमा विविधिकरणको रणनीति अपनाइन् । आजभोलि उनीसँग आरोही कस्मेटिक तथा व्युटी पार्लर नामको पसल छ । उनले दुईजना तालिम लिएका साथीहरूलाई कामदारको रूपमा राखेकी छिन् । उनले व्यवसायमा आठलाखभन्दा बढी लगानी गरेकी छिन् र मासिक रु. ३०,०००÷– भन्दा बढी आम्दानी गर्छिन् । उनी दुवै प्रकारका वस्तु तथा स्वास्थ्य हेरचाह सम्बन्धी सेवा प्रदान र्गिर्छन् । उनले पेशा÷व्यवसाय विस्तार गर्न सही बाटो देखाउने र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छिन् । जुन आगोले पोलेको हो त्यही आगोले सेक्नुपर्छ भन्ने भनाइ यहाँ चरितार्थ भएको छ । कस्मेटिक पसलबाट भएको घाटा व्युटिपार्लरबाट असुलउपर गर्दैछिन् उनी ।
एउटा तराइकी महिला जीवन परिवर्तनको अवस्थामा पुगिन् । बालबच्चाहरूलाई बोर्डिंङ्ग स्कुलमा पढाउन सक्ने भइन् । घर बाहिर निस्केर काम गर्न नमिल्ने संस्कार बोकेको परिवारको महिला अहिले बजारमा निस्केर पसल गर्ने भइन् । आम्दानीको बाटो बन्यो सीप । उनको आत्म विश्वास, इच्छाशक्तिले सही दिशा प्राप्त गर्न सहयोग ग¥यो । उनी आफ्नो खुट्टामा आफै उभिन चाहनेहरूको लागि एउटा उदाहरणीय व्यक्ति बन्न पुगिन् । उनको आत्म निर्भरता र साहस मनन्योग्य छ ।
प्रस्तोताः रोशन दर्नाल