कडा परिश्रम र मेहनत गर्ने नै जीवनमा सफल हुन्छन्

मेरो नाम देवकान्त चौधरी हो, म २१ बर्षको भएँ । मेरो घर सप्तरी जिल्लाको शभ्भुनाथ नगरपालिकामा पर्दछ । सन २०१५ मा १२ कक्षा पढ्दापढ्दै बीचैमा पढाइ छाड्नुप¥यो । कारण थियो घरको कमजोर आर्थिक अवस्था । त्यसपछि, गाउँमा सामान्य किसानको रूपमा कृषि मजदुरी गरेँ तर त्यसबाट प्राप्त कमाइ परिवार धान्नलाई प्रर्याप्त थिएन । शिशा पसलमा पनि ज्याला मजदुरी गरेँ तैपनि आम्दानि बढ्न सकेन । म आफ्नै कुन व्यवसाय कसरी शुरु गर्ने भन्ने बारेमा सँधै सोचिरहन्थेँ ।

सन् २०१९ को जुन महिनामा शम्भुनाथ नगरपालिकामा छोटो अवधिको अल्मुनियम फेब्रिकेटर तालिम शुरु हुन गइरहेको बारेमा सुनेँ । म एउटा प्राविधिक बन्न चाहन्थेँ । अझ, मेरो गाउँमा एक जना भाइ अल्मुनियम फेब्रिकेशनमा ठेकेदारको रूपमा काम गर्थे । उनको आम्दानी राम्रै थियो । यो पेशाको बारेमा थप जान्नका लागि एक दिन म गाउँको एक जना आल्मुनिमको झ्यालढोका बनाउने काम गर्दै आएको भाइ कृपानन्द चौधरीसँग बुझेँ । त्यहीबेलामा उनले तपाइँ आल्मुनियम फेब्रिकेटर तालिम लिन चाहनु हुन्छ भनेर सोधे । यस पेशाको बारेमा कुराकानी हुँदै जाँदा म प्रभावित भए र तालिम पाए सिक्ने इच्छा व्यक्त गरेँ । उनले नै मलाई आवेदन दिन सुझाए र आवेदन दिएँ ।

छनौटमा परेर तालिममा आउन थालेपछि पो थाहा भयो यो तालिम त हामी जस्ता वेरोजगार युवाहरूका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समृद्धि आयोजनाले व्यवस्था गरेको रहेछ । स्थानीय स्तरमा तालिम तथा रोजगारीको लागि टे«ड लिङ्क टेक्निकल टे«निङ्ग इन्ष्टिच्युट भन्ने संस्थाले सहजीकरण गरेको रहेछ । तालिमको गुणस्तर र व्यवस्थापकीय कार्य मापदण्ड अनुरूप छ कि छैन भन्ने कुराको एकिन हेल्भेटास नेपालका कर्मचारीहरूले गर्दा रहेछन् । तालिम निशुल्क थियो र तालिम अवधिभर खाजा खाने व्यवस्था पनि थियो । तालिमको अवधिभर अनुगमन पनि भइरहने । तालिम सिकेर आम्दानी गर्न चाहनेका लागि मात्र यस्ता सीपका तालिम दिने गरेको रहेछ । तालिमपछि काम गर्छ कि गर्दैन भन्ने कुरामा आयोजक संस्था विश्वस्त नभइकन भने तालिममा राख्दा रहेनछन् ।

तालिम पुरा गरेपछि गाउँमा केही रकम सापटी लिएर र मामाको आर्थिक सहयोगमा वर्कशप खोलेँ । सामाग्री तथा उपकरण खरिद गर्नको लागि जम्मा पाँचलाख लगानी गरेँ । लगानी जुटाउन गाह्रो नै प¥यो । आयोजनाले ऋणको व्यवस्था मिलाइदिएको भए अलि सजिलो हुने जस्तो लागेको थियो । मेरो व्यवसायमा आल्मुनियमको झ्यालढोका बनाउने, कोठाको पार्टिसन गर्ने आदि काम हुन्छ । काठ महँगो हुँदै आयो, वनजङ्गलबाट काठ निकाल्न सरकारले कडाइ गरेको छ । यस्तो अवस्थामा आल्मुनियमबाट झ्यालढोका बनाउनु उत्तम विकल्प हो । यो हलुका हुने भएकाले ढुवानी गर्न पनि सजिलो छ । खिया पनि लाग्दैन । शत्रुघन चोकमा अरू कुनै अल्मुनियम वर्कशप छैन र मामाले गाउँमा मेरो कामको बारेमा प्रचारप्रसार गर्न सहयोग गरिदिनु हुन्छ । यसरी, मैले पालिका कार्यालय, स्कूल, कलेज, सरकारी कार्यालय र समुदायबाट धेरै काम पाएको छु । औषतमा, म यस व्यवसायबाट मासिक चालीसदेखि छाठीहजारसम्म खुद नाफा कमाउँछु । यो त मेरो सुरुवाती मात्रै हो । व्यवसाय सुधारको क्षेत्रमा धेरै काम गर्न बाँकि नै छ । सीप परीक्षा दिएको थिएँ । त्यसको नतिजा पनि प्रकाशित भयो र म उत्तीर्ण भएछु । आम्दानीले घरको चाँजोपाँजो मिलाउन सजिलो भएको छ ।

सीपको प्रमाण पत्रले पनि मान प्रतिष्ठा बढाउन सहयोग गर्दोरहेछ । अझै व्यवसाय विस्तार गरेर बेरोजगार युवाहरूलाई रोजगारी दिने धोको छ । हाम्रो घरदैलोमा तालिम ल्याइ सीप तथा रोजगारीमा सहयोग गरी दिएकोमा म टे«ड लिङ्क टेक्निकल टे«निङ्ग इन्ष्टिच्युटलाई धन्यवाद दिन चाहन्छु । तालिमले मेरो जीवनमा आर्थिक परिवर्तन भयो । व्यावसायिक सीप र जीवन उपयोगी सीप तालिमले मलाई अगाडि बढन झन् मद्दत ग¥यो । म सबै सहयोगी हातहरू लगायत प्रशिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु । सुरुङ्गाका सबै युवाहरूलाई तालिममा सिकेको ज्ञानसीपको उपयोग गर्नको लागि सुझाव दिन्छु । जसले कडा परिश्रम र मेहनत गर्छ जीवनमा उही सफल हुन्छ ।

प्रस्तोताः रोशन दर्नाल